LEIRC
  • 08:00 am - 05:00 pm
  • General (OPD) Sunday-Friday
  • 24x7 365 Emergency service
  • +977-71-520265, 523827
  • Discuss any Queries
नेपाल सरकारले यहि श्रावण ७ गते बाट केही शर्त सहित लकडाउन खुल्ला गरेको सबैलाइ सर्वबिदितै छ।बिगत चार महिनाको लकडाउनको बेलामा पनि बिरामिको चाप अनुसार पटक पटक रणनीति परिवर्तन गर्दै सुरक्षाको सकेसम्म सबै उपाए अनपाउदै सिमित OPD बाट भए पनि सम्पुर्ण सेवा हरु दिने प्रयास गर्यौ। सेवाग्राही सङ्गको प्रतिक्रियामा पनि हामिले राम्रो प्रतिक्रिया पाएको छौ। यसले हामिलाइ थप हौसला प्रेरणा गरेको छ।
लकडाउन खुले सङ्गै अब बिरामिको चाप पनि अझै बढ्ने हाम्रो अनुमान छ। लकडाउन खुले पनि कोरोनाको जोखिम रहिरहेको हुदा ३ आवस्यक नियमहरु जस्तै भौतिक दुरि, मास्क र हात धुने काम सधैंका लागि अब नितन्तर राख्नु पर्ने देखिन्छ । तेसैले केही सिमित OPD बाट मात्र सम्पुर्ण सेवा दिदा बिरामिको चाप निश्चित ठाउँमा मात्र बढि भएको हुदा यहि श्रावण 11 गते आइतबार बाट यश अस्पतालको सबै सेवा लकडाउन नहुदाको अवस्था जस्तै नियमित गरिएको छ। आइतबार बाट सबै प्रकारका अपरेसन , speciality clinic का OPD र अपेरेशन हरु प्रतेक दिन हुने सबैमा सहर्ष जानकारी गराउन चाहन्छौ।
पुनस्च:
क) OPD समय – प्रतेक दिन बिहान ८ बजे देखि बेलुकी ६ बजे सम्म
ख) सबै special clinic – प्रतेक दिन ९ बजे बाट – ५ बजे सम्म
सम्पुर्ण अपरेशन – प्रतेक दिन
दिउँसो 12 भित्र registration गर्नु भएको बिरामीको को मोतिबिन्दु अपरेसन ( SICS/ PHACO) सो हि दिन दिउँसो २ बजे पछि general कै शुल्कमा गरिनेछ।
बिस्तृत जानकारिको लागि अस्पतालका सुचना अधिकारि श्री प्रतीक पाण्डे सङ्ग 9847021714 मा सम्पर्क राख्नु होला।।